
काठमाडौं, २८ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्न आयोजित प्रदर्शनका क्रममा पूर्वराजासँगै भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर बोक्ने व्यक्ति भागेर भारत पुगेका छन् ।
आदित्यनाथको तस्वीर बोक्ने प्रदीपविक्रम राणा भागेर भारतको उत्तरप्रदेशस्थित गोरखपुरमा पुगेका हुन् । आफूलाई नेपाल प्रहरीले पक्राउ गर्न लागेकाले आफू भागेर भारत आएको उनले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।
उनले आफू ज्ञानेन्द्र शाह र योगी आदित्यनाथको सम्मान गर्ने बताए ।
राणाले भने, ‘मैले कुनै भारतीय राजनेतासँग भेट गरेको छैन, पैसा लिनु त परको कुरा । म आफ्नो राजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथजीको सम्मान गर्दछु । मेरो गल्ती यत्ति हो ।’
उनले अहिलेसम्म मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट नभएको पनि स्पष्ट पारेका छन् ।








प्रतिक्रिया