२ श्रावण २०८३, शनिबार

मेयर बालेनविरूद्वको मुद्दाको सुनुवाइ हुँदै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको मुद्दाको सुनुवाई हुँदैछ ।

अदालतको अवहेलनाको आरोपमा मेयर बालेनविरूद्व परेको रिटको सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।

मेयर शाहले बलिउड चलचित्र आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध नेपाल चलचित्र सङ्घ उच्च अदालत पाटन पुगेको थियो ।

उच्चले भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्र नरोक्न अन्तरिम आदेश दिएपछि मेयर शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै आलोचना गरेका थिए । उनको टिप्पणीले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले मुद्दा दायर गरेकी थिइन् ।