१८ असार २०८३, बिहिबार

प्रधानमन्त्रीको प्रशंसा गर्दै केकी अधिकारीले भनिन्- उहाँलाई सधैँ मिजासिलो र उर्जाशील पाउँछु

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । नायीका केकी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली सबै खालका सल्लाह, सुझाव र गुनासो मज्जाले सुन्न सक्ने व्यक्तित्व भएको बताएकी छिन् ।

सोमबार ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै अधिकारीले ओलीमा मिजास र ऊर्जा दुवै भएको बताएकी हुन् । ‘उहाँ मिजासिलो र ऊर्जाशील व्यक्तित्व हुनुहुन्छ, मैले सधैँ उहाँलाई त्यस्तो पाएको छु’, अधिकारीले भनिन् ।

प्राप्त गरेको मञ्च र ख्यातिलाई देश र समाजको हितको लागि प्रयोग गर्नुपर्ने सुझाव ओलीले सधैँ दिने गरेका अधिकारीले बताइन् । ओलीको नेतृत्वमा देशले समृद्धि र सुख प्राप्त गर्ने उनले विश्वास व्यक्त गरिन् ।