२९ असार २०८३, सोमबार

बेचन झाको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । बेचन झाको मुद्वामा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ ।

आज तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउन आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका झाले काठमाडौं जिल्ला अदालतल र उच्च अदालतको निर्णयविरूद्व सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

जिल्ला अदालत काठमाडौँले उनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उक्त आदेशविरुद्ध झा उच्च अदालत पुगेकामा उच्चले जिल्लाकै आदेश सदर गरेपछि उनी गत माघ २ गते उनले सर्वोच्च पुगेका थिए ।