३१ असार २०८३, बुधबार

सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षकको मृत्यु

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को मृत्यु भएको छ ।

पीएसओ सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो । बझाङको मस्टा गाउँपालिका-७ घर भएका ३४ वर्षीय बोहरालामो समयदेखि सभामुखका अंगरक्षक थिए ।

उनी सवार स्कुटर सोमबार धनगढी-अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका-२ मा दुर्घटना भएको थियो ।