२२ असार २०८३, सोमबार

सिभिल अस्पताल प्रा.लिका सञ्चालक साह पक्राउ

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १९ फागुन । रौतहटको चन्द्रपुर–४ मा रहेको सिभिल अस्पताल प्रा.लिका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत शनिवार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनका क्रममा दर्ता नै नभएको ठहर भएपछि तत्काल बन्द गर्न पत्र काटेका थिए । सो पत्रको बेवास्ता गरी अस्पताल खोलेको आरोपमा सञ्चालक राजन साह पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार राईका अनुसार साहलाई पटक–पटक सम्झाउँदा पनि अटेर गरेपछि उनलाई पक्राउ गरी हिरासतमा राखिएको हो ।

मुख्यमन्त्री सिंहले सिभिल अस्पतालसहित चन्द्रनिगाहपुरका ट्रमा हाइवे सेन्टर, चन्द्रपुर सामुदायिक अस्पताल, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक, चपुर अर्थोपेडिक एन्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र र एपोलो अस्पताललाई पनि मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्न पत्र काटेका छन् ।

अस्पतालहरूले पनि सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्नुपर्ने उनको निर्देशन छ ।