२२ कार्तिक २०८३, आइतबार

मौसम पूर्वानुमान : देशभर मौसम सफा रहने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । आइतबारदेखि देशभरि मौसम सफा छ । शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भूभागमा मौसम बदली र वर्षाको स्थिति थियो ।

आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ ।

आज पनि बिहानैदेखि अधिकांश भू–भागहरूमा मौसम सफा छ । दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मुख्यतय सफा रहने पूर्वानुमान छ ।

त्यस्तै, राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान छ ।