८ असार २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १९ फागुन । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित रानीखोला सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु सोताङ गाउँपालिका–४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको हो । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।