
काठमाडौं, १७ फागुन । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले नरेन्द्रसिंह कार्कीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । अधिवेशनले उपाध्यक्ष मीन ठकुरी र कल्पना बोहरालाई चुनेको छ । महासचिवमा भानुभक्त आचार्य निर्वाचित भएका छन् । सचिवमा लोकेन्द्रबहादुर ओझा, अमरराज भट्टराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त चुनिएका छन् ।
सदस्यहरूमा वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार,महेश कार्की, प्रेमसिंह विष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित बिक, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउद (आलोक), बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड, धन बहादुर विक र वेदप्रकाश ओली निर्वाचित भएका छन् ।









प्रतिक्रिया