२२ कार्तिक २०८३, आइतबार

शिक्षकलाई पार्टीहरूले दुरुपयोग मात्रै गरे : सुमना श्रेष्ठ

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई पुराना पार्टीहरूले दुरुपयोग मात्रै गरेको बताएकी छिन् ।

शनिबार सुनसरीको रामधुनीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै श्रेष्ठले अहिलेको शैक्षिक नतिजा पार्टीले शिक्षकको दुरुपयोग गरेर आएको उल्लेख गरेकी हुन् । ‘शिक्षक जस्तो सम्मानित पेसालाई राजनीतिक रूपमा दुरुपयोग मात्रै गरियो ।’ उनले भनिन्, ‘त्यो शिक्षण पेसालाई दलीय राजनीति मुक्त नबनाउन्जेलसम्म केही हुने वाला छैन ।’

सांसद श्रेष्ठले तालाबन्दीले विद्यालयमा पढ्ने वातावरणको सिजृना नभएको उल्लेख गरेकी छिन् । व्यवहारिक शिक्षाको आवश्यक्ता औँल्याएकी श्रेष्ठले दक्ष जनशक्ति बनाउन आवश्यक रहेको बताइन् ।

श्रेष्ठ पार्टीले जिल्लामा आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएकी छिन् ।