१९ असार २०८३, शुक्रबार

रिङ्कु सदाका हत्यारालाई कारबाही नगरेको भन्दै लहानमा प्रदर्शन

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १७ फागुन । नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी १७ वर्षीया किशोरी रिङ्कु सदाको सामूहिक बलात्कारपछि दुरुत्साहनपूर्ण हत्या भएको घटनामा दोषीहरु उपर कानूनी कारबाही गर्न ढिलाई भएको भन्दै मुसहर समुदायले प्रदर्शन गरेका छन् ।

मुसहर समुदाय सघर्ष समिति सिरहाद्वारा लहानमा शनिबार एक विशाल प्रदर्शनको आयोजना गरियो । हजारौं मुसहर नरनारी, किशोर किशोरी तथा युवाहरुले न्यायको माग गर्दै लहानको सडकमा सिंहनाद गरे । उनीहरुले वास्तविक अपराधी पक्राउ गर्न प्रहरीले आनाकानी र ढिलाई गरिरहेको भन्दै दोषीलाई कानूनको कठघरामा ल्याउन ढिलाई गरे कडा सघर्षमा उत्रिने चेतावनी पनि दिए ।

मुसहर समुदायका अगुवा अरुण सदाले दलित, गरिब र कमजोर वर्गप्रति न्याय गर्न र उनीहरुको सुरक्षा प्रवन्ध गर्न सरकारसँग माग गरे । सदाले रिङ्कुलाई न्याय दिन ढिलाइ गरिए सिरहाको सडकमा आगो बल्ने दावी गरे ।

उनले स्थानीय प्रहरी प्रशासनलाई चेतावनीयुक्त स्वरमा भने, ‘आन्दोलनको बाढीले बगाउला । सामुहिक बलात्कार र हत्या जस्तो जघन्य अपराधमा पनि अपराधी बचाउन खोज्ने प्रहरी तथा प्रशासनलाई छोडिने छैन ।’

प्रदर्शनसहितको र्‍यालीले लहान बजार परिक्रमा गरेर स्थानीय प्रहरी र प्रशासनविरुद्ध चर्का नारा लगाएका थिए । प्रदर्शन कोण सभा गरी समापन गरिएको थियो ।