३१ जेष्ठ २०८३, आइतबार

अमेरिका–युक्रेन वार्ताः एशिया भूराजनीतिक द्वन्द्वको केन्द्र बन्ने खतरा देखियो– शंकर पोखरेल

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेन बीच भएको प्रत्यक्ष वार्ताले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने पाठ सिकाएको बताएका छन् ।

‘छिमेकीसँगको सम्बन्ध बिग्रदा ठूला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दो रहेछ । छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ ।’ फेसबुकमा लेख्दै महासचिव पोखरेलले भने । पोखरेलले रुस र युक्रेन दुवैका लागि युद्ध घातक भएको र युद्ध अन्त्यका लागि निकै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था देखिएको उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले क्षेत्रीय शान्ति विना विश्व शान्ति सम्भव नहुने बताउँदै एशियाली देशहरुले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एशिया विश्व सभ्यताको केन्द्रका रूपमा पुनः स्थापित हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।

महासचिव पोखरेलले अमेरिकाको पछिल्लो रणनीतिले ‘अबको एशिया नै भूराजनीतिक द्वन्द्वको केन्द्र बन्न सक्ने’ चेतावनी दिएका छन् । साथै, गाजा क्षेत्र प्यालेस्टाइनीहरुबाट खोस्ने योजना र रुस–युक्रेन युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्व शान्तिको उद्देश्यसँग नजोडिएको महासचिव पोखरेलले उल्लेख गरे ।

महासचिव पोखरेलका अनुसार यी प्रयासहरुको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ । उनले यस्तो स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्ने र यस प्रकारको परिस्थितिबाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक रहेको जोड दिएका छन् ।

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्ः

अमेरिका र युक्रेन बीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसंगको सम्वन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसंगको सम्वन्ध विग्रदा ठुला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकका विरुद्ध वाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुदो रहेछ।
आज रुश र युक्रेन दुबैका लागि युद्ध घाडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरुले निकै ठुलो मुल्य चुकाउनु पर्ने अवस्था देखिदैछ ।
शान्ति र स्थायित्वका लागि अव हरेक देशले सोच्नु पर्दछ, क्षेत्रिय शान्ति विना विश्व शान्ति सम्भव हुदैन । त्यसमाथि एशियाली देशहरुले आपसी सम्वन्धको विकासमा जोड़ दिने हो भने एशिया विश्वसभ्यताको केन्द्रका रुपमा पुनः स्थापित हुने अवस्था छ ।
अमेरिकाको पछिल्लो रणनीतिले अवको एशिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ । गाजा क्षेत्र प्यालेस्टानीहरुवाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ । साथै रुश र युक्रेन बीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसंग जोडिएको देखिएन । त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय वन्न पुगेको छ । यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिवाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक छ ।

यो पनि:

ट्रम्प र जेलेन्स्कीबीच चर्को बहस, ट्रम्पले भने– रुससँग सम्झौता गर्नुपर्छ, नत्र तेस्रो विश्वयुद्ध हुनेछ