२ असार २०८३, मंगलबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल एक्सबाट उनले यो पर्व मनाउने स्वदेश तथा विदेशमा रहेका सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।

मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ड्रागन वर्षलाई बिदा गरी हर्षोल्लासका साथ सर्प वर्षलाई स्वागत गरेर ग्याल्पो ल्होसार मनाउने गरेका बताउँदै उनले एक्समा यस सर्प वर्षले हामी सबैलाई सुख, स्वास्थ्य, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।