३१ जेष्ठ २०८३, आइतबार

७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । पर्सा प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका–४ भथौराका १९ वर्षीय अर्जुन महतो र वडा नम्बर १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन् । उनीहरूलाई बुधबार पर्साका अलग–अलग ठाउँबाट गाँजासहित पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

मिश्रका अनुसार बुधबार १ बजे जिराभवानी गाउँपालिका–३ जितपुरस्थित सडकखण्डबाट महतो समातिएका हुन् । नौकाटोलबाट जितपुरतर्फ आउँदै गरेका पैदलयात्री महतोले दुबै हातमा प्लाष्टिकका झोला बोकेका थिए । ‘इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले महतोले बोकेको दुई झोलामा २३–२३ किलो गाँजा बरामद गरेको हो,’ मिश्रले भने ।

सोही दिन पटेर्वासुगौली गाउँपालिका गाउँपालिका–१ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको सडकखण्डबाट अन्सारी समातिएका थिए । भाठा मन्दिरबाट सिकारी बासस्थान आउँदै गरेका अन्सारीले तीन वटा पोका बोकेका थिए ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र निकुञ्जस्थित जबुज गण सुरक्षा पोस्ट भाठाको टोलीले अन्सारीलाई ३० किलो गाँजासहित पक्राउ गरेको थियो । पक्राउ परेका दुबै जनालाई प्रहरीले हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।