५ असार २०८३, शुक्रबार

आजको मौसमः यी स्थानमा हिमपात र वर्षाको सम्भावना

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार यसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।