३० जेष्ठ २०८३, शनिबार

नेपाल विविधतामा एकता भएको देश हो : मुख्यमन्त्री कँडेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १६ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतामा एकता भएको देश भएको बताएका छन् ।

बिहीबार सुर्खेतमा नेपाल मगर संघको ४३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा विभिन्न धर्म, भाषा, जात र संस्कृति भएको देशमा विविधता हुँदाहुँदै पनि एकताको साथ मिलेर बसेको समाज भएकोले यसलाई आगामी दिनमा जोगाई राख्नु आजको आवश्यक भएको मुख्यमन्त्री कँडेलले उल्लेख गरे । समाजमा रहेका विविध भाषा, धर्म, संस्कृति, संस्कार र संरचना भएको देश भए तापनि सामाजिक सन्दर्भमा कुनै वैमनश्य नभएको देश नेपाल भएको मुख्यमन्त्री कँडेलको भनाई थियो । अहिलेको अवस्थामा कुनै पनि वाहनमा कुनै पनि ठाँउबाट एकता र मेलमिलापको साटो विभिन्न बहाना बनाई हिंसा फैलिन नदिन हामी सबै सचेत हुनुपर्ने मुख्यमन्त्री कँडेलको उल्लेख गरे ।

सामाजिक एकताको निम्ति सबै प्रकारका स्वार्थबाट माथि उठेर देशलाई उच्च स्थानमा राखेर सबै अघि बढ्नु नै अहिलेको आवश्यकता रहेको मुख्यमन्त्री कँडेलले बताए । बहुजातीय, बहुभाषिक, बहुसंस्कृति भएको देशलाई समृद्धतिर लैजानु सबैको कर्तव्य भएको मुख्यमन्त्री कँडेलको भनाई थियो ।