२४ असार २०८३, बुधबार

एमालेमा नै फर्किए राजु गुरुङ

9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । पार्टी विभाजनका बेला नेकपा (एकीकृत समाजवादी)तर्फ लागेका रुपन्देहीका युवा नेता राजु गुरुङ पुनः नेकपा (एमाले)मा फर्किएका छन् । उनले एमालेको सदस्यता नवीकरण गरेका हुन् ।

नेकपा विभाजनको समयमा माधव नेपाल समूहमा लागेर एकीकृत समाजवादीको केन्द्रीय सदस्यसमेत बनेका गुरुङले पछिल्लो एक वर्षयता समाजवादी पार्टीप्रति असन्तुष्टि जनाउँदै अलग भएको घोषणा गरेका थिए ।

‘मैले नेकपा (एमाले)मा असन्तुष्टि जनाउँदै विचलित भएर माधव नेपालको पक्षमा लागेको थिएँ । बालुवाटारमा एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग भेटेर सदस्यता नवीकरण गर्छु भनेको छु । उहाँले स्वागत गर्छु भन्नुभयो,’ गुरुङले भने ।

गुरुङका अनुसार उनले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँगको सल्लाहमा अध्यक्ष ओलीसँग भेट गरी आफ्ना कुरा राखेका थिए ।

‘अब नेपालको कम्युनिष्ट आन्दोलन विभाजित होइन, संगठित गर्नुपर्छ । म तपाईंको निर्देशनमा काम गर्छु, जिम्मेवारी दिनुस् भनेको छु । उहाँले ‘तपाईं जत्तिको राजनीतिक मान्छे विचलित हुने होइन, सदस्यता नवीकरण गर्नुस्’ भन्नुभयो,’ गुरुङले भने ।

विद्यार्थी जीवनदेखि अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका गुरुङ बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापति, युवा संघ नेपालको रुपन्देही अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष समेत भएका थिए ।