
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ ।
भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सर पीडित आमाको उपचारका लागि केपी ओली क्लवका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख हस्तान्तरण गरिएको हो ।
भेटका अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ ।
प्रतियोगिताका विजेताले १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।








प्रतिक्रिया