
काठमाडौं, १४ फागुन । स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन् ।
उनको उपचारको क्रममा नगर अस्पताल गल्याङमा बुधबार बिहान २ः५० मा मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए ।
बिहान राति करिब सवा १ बजे गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा जाँदै गरेको लु३ख ३३२४ नम्बरको पिकअप सडकबाट करिब सय मिटर तल खसेको थियो ।
पिकअपमा सवार सहचालक पाल्पा रम्भा गाउँपालिका–३ कै राधेश्याम बस्यालको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताए ।
पिकअपमा चार जना सवार रहेकोमा अन्य सकुशल छन् ।












प्रतिक्रिया