२६ असार २०८३, शुक्रबार

कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तेस्रो पटक स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले आज घिसिङलाई दुई बुँदे स्पष्टीकरण सोधेको हो । उर्जामन्त्री दिपक खड्काले कार्यकारी निर्देशक घिसिङलाई हटाउन निरन्तर प्रयास गरिरहेका छन् ।

मन्त्रालयका सचिव सुरेश आचार्यले गत १२ फेब्रुअरीमा भारत जाँदा मन्त्रालयको स्वीकृति नमागेको विषयलाई पहिलो बुँदामा उठाएका छन्। त्यसैगरी सोही बुँदामा ‘नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची १ को विषयसंख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद् पेस गर्नुपर्ने विषयमा तपाईंले अर्थ मन्त्रालयको सहमति नलिइ आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त गरेको’ भनी जवाफ मागिएको छ।

यसैगरी दोस्रो बुँदा ‘कुन कुन आन्तरिक भ्रमण काज वा विदामा जाँदा नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकको सेवाको शर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम १८ अनुसार अध्यक्षको स्वीकृति लिएर जानुभएको छरु’, स्पष्टीकरण पत्रमा सोधिएको छ, ‘कुन कुन अन्तर्राष्ट्रिय भ्रमण काजमा जाँदा सोही विनियमावलीको विनियम ३२ अनुसार सञ्चालक समितिको स्वीकृति लिनुभएको छरु स्वीकृति लिनुपर्ने विषयमा किन नलिएकोरु’ भन्दै स्पष्टीकरण सोधिएको छ ।