२२ कार्तिक २०८३, आइतबार

कोशी एक्सिलेन्स अवार्ड–२०८१ को तयारी पूरा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ६ फागुन । कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो ।

भोलि बुधबार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे कार्यक्रम आयोजना गर्नेगरी तयारी पूरा भएको जानकारी दिइएको हो ।

कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार कार्यक्रममा विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गरिनेछ । कृषि, बैंकिङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना तथा प्रविधि र स्टार्टअप विधामा अवार्ड प्रदान गरिने अध्यक्ष अधिकारीले जनाए । अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि निर्णायक समिति समेत चयन गरिएको र समितिले सिफारिस गरेका आधारमा छनोट गरिएको उनको भनाइ छ ।

‘पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रका सक्रिय भइरहेकाहरूलाई पनि यो कार्यक्रमले प्रोत्साहन मिल्नेछ,’ उनले भने, ‘कोशीका एक्सिलेन्स व्यक्तिको सम्मानार्थका लागिसमेत यो कार्यक्रम आयोजना गरिएको हो ।’

अवार्ड कार्यक्रमबाहेक विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका अन्य १२ जना व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिने तयारी गरिएको अधिकारीले बताए ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि रहनेछन् । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालकी प्रथम महिला मुख्य सचिव लीलादेवी गड्तौलालगायत सहभागि हुने बताइएको छ ।