२९ असार २०८३, सोमबार

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो ।

आज सोमबार दुई खेल हुँदैछन् । दिउँसो २ बजे हुने उद्घाटन खेल म्यानमार र लेबनानबीच हुनेछ ।

साँझ ६ बजे नेपाल र किर्गिस्तानबीच खेल हुनेछ । फिफा वरीयतामा किर्गिस्तान नेपालभन्दा तल छ । नेपाल १०३औं स्थानमा रहँदा किर्गिस्तान १२८औं स्थानमा छ । किर्गिस्तानसँग नेपाल एकपटक मात्रै खेलेको छ ।

प्रतियोगिताका लागि नेपाली टोलीमा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ डिफेन्डर अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई, मिडफिल्डर अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ र फरवार्ड सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल छन् ।

प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन् । नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेबनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ ।