
कपिलवस्तु, ४ फागुन । प्रकृति–मानव केन्द्रित जनअभियान कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन बुद्धभूमि नगरपालिकास्थित झडुलामाई आध्यात्मिक प्रतिष्ठान बुड्ढिमा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष तथा शिवराज नगरपालिका पूर्वमेयर नेत्रराज अधिकारीको अध्यक्षता सम्पन्न प्रथम अधिवेशनमा जनभियानको केन्द्रीय अध्यक्ष विन्दुराज सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
अधिवेशनले शिवराज–५ का बाबुराम सापकोटाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बुद्धभूमि–१ पथ्थरकोटका रविलाल घिमिरे, सचिवमा महाराजगन्ज–११ का गङ्गेशनाथ तिवारी, सहसचिवमा बुद्धभूमि–४ का नारायण मल्ल, कोषाध्यक्षमा बाणगङ्गा–५ का जेतप्रसाद खनाल चयन भएका छन् । सदस्यहरुमा बाणगङ्गा–१ का ताराजन घिमिरे, ५ का कमल अर्याल, विजयनगर–३ का कृष्णप्रसाद भण्डारी, शिवराज–५ का अनन्त बेल्बासे, कृष्णनगर–२ भिल्मिका अब्दुल गफ्फार, अजिगराका सरोज चौधरी, बुद्धभूमि–२ का बाबुराम खनाल र डाशिराम बन्जाडे, ३ का निमानन्द आचार्य, वडा नम्बर ५ चौरिका रेशम गिरी रहेका छन् ।
अधिवेशनमा पूर्वअध्यक्षहरु सन्तबहादुर घिसिङ र उत्तम कण्डेल, केन्द्रीय उपाध्यक्ष टेकराज पौडेल, महासचिव घनश्याम सुवेदी, सचिव डा. माया गिरी, बामपन्थी नेता पिताम्बर आचार्यलगायतले आ–आफ्ना धारणा राखेका थिए ।
केन्द्रीय सदस्य मिनराज बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रदेश समिति सदस्य कमल खनालले राखेका थिए ।

अधिवेशनको अवसरमा ४ जना अभियन्ताहरुले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षक प्रकृति–मानव केन्द्रित जनअभियान नेपालका अध्यक्ष सापकोटाले भेलालाई सम्बोधन गर्दै मानव जातिलाई पाँच गम्भीर चुनौतीका सम्बन्धमा प्रकाश पारेका थिए । उनले ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको चुनौती, सफा पिउने पानीको चुनौती, बढ्दो जनसंख्याको चुनौती, कृषि उत्पादनमा चुनौती र नयाँ नयाँ भाइरस र असाध्य रोगहरुको चुनौतीका साथै एआई प्रविधिले पार्ने संकटका बारेमा प्रकाश पारेका थिए ।
त्यसैगरी, पूर्वअध्यक्ष उत्तम कण्डेलले मान्छेले प्रकृतिमाथि गरेका ज्यादतिले गर्दा अब मानव जीवन नै गम्भीर संकटमा फस्न थालेको र मानवका खानपान आहारबिहारलाई परिर्वतन गर्न नसक्ने हो भने पृथ्वीका सम्पूर्ण जीवजन्तु नै नासवान हुने परिस्थिति सृजना हुने बताए । अर्का पूर्वअध्यक्ष सन्तबहादुर घिसिङले विषादीयुक्त खानपानले मानव जीवनमा दर्जनौँ रोग उत्पन्न गर्ने भएकाले त्यसतर्फ सावधानी अपनाउनुपर्ने बताएका थिए ।














प्रतिक्रिया