१८ असार २०८३, बिहिबार

भीरबाट लडेर महिलाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, ४ फागुन । बैतडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय जयसिंया भीरमा घाँस काट्ने क्रममा लडेर दिपाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक महराका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । घरमा ८ महिने छोरा छन् ।