२१ जेष्ठ २०८३, बिहिबार

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

‘सोमबार बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची तयार भएको छ’, उनले भने ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो ।

प्रधानमन्त्री ओलीले प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।