१ कार्तिक २०८३, शनिबार

अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता हुनेछ ।

प्रतियोगिता खेल्नका लागि सहभागि हुने टोलीहरु सबै नेपाल आइसकेको र भोलि हुने उद्घाटन खेलमा नेपाल किर्गिस्तानसँग खेल्ने महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए ।

उनले अहिले किर्गिस्तान बलियो भएको र यसले नेपाललाई जित निकाल्न गार्‍हो हुने पनि बताए ।

उनले भने, ‘किर्गिस्तानसँग ६ वर्ष अगाडि खेल्दा ८—२ भएर जितेका थियौँ । पहिले र अहिले किर्गिस्तानले खेल्ने फुटबल फरक देखिन्छ । हाम्रो पनि बलियो पक्ष भनेको चाहिँ ग्रेट स्टक्चर हो । त्यसैले पनि टिमको संरचना बलियो बनाएर लानुपर्नेछ । काउन्टर एट्याकमा उनीहरु राम्रो देखिन्छ । हामीले जित त निकाल्छौँ तर गार्‍हो चाहिँ छ ।’

यस्तै, नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिता नेपालको लागि ठूलो अवसर भएको बताइन् ।