६ असार २०८३, शनिबार

प्रेस चौतारी कर्णाली प्रदेश अध्यक्षमा प्रेमराज सिम्खडा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । प्रदेश अधिवेशनबाट प्रेमराज सिम्खडाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । उपाध्यक्षमा हिक्मत नेपाली र सीता ओली चुनिएका छन् ।

यसैगरी, महासचिवमा ओमबहादुर शाही, कोषाध्यक्षमा गीता थापा चयन भएका छन् । सचिवहरूमा कमल बुढा, कालीबहादुर बुढा, झक्कुप्रसाद शर्मा, जगतदल विक, सुरेश परियार र नौरते नेपाली चयन भएका छन् ।

सदस्यहरूमा गुटु न्यौपाने, खगेन्द्र शाही, रमिला बस्नेत, पदमराज हमाल , विनोद कँडेल, देवीसरा बस्नेत, यसकुमार चपाईँ, सरोज थापा, जयराम चौलागाईँ, भगेन्द्र विक, छत्र रोक्का मगर, गोकर्ण संज्याल, विष्णुकुमारी जैसी, कमलप्रसाद भट्टराई, ललित परियार, जगतबाबु अधिकारी, किरण अधिकारी र तिलक रिजाल चयन भएका छन् ।