१६ असार २०८३, मंगलबार

सुदुरपश्चिम प्रदेशमा ४ वटै समितिका सभापति निर्विरोध निर्वाचित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ४ फागुन । सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा, सामाजिक विकास समितिको सभापतिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका अक्कलबहादुर रावल निर्विरोध निर्वाचित भएको संसद सचिवालयले जनाएको छ ।

प्रदेश सभाका चार वटा समितिको सभापतिमा सत्तारूढ कांग्रेस, एमाले, नाउपा तथा प्रमुख प्रतिपक्षी दलले शनिबार भागबन्डाका आधारमा मनोनयन दर्ता गरेका थिए । जसअनुसार प्रत्येक समितिमा १ जनाको मात्र उम्मेदवारी परेको थियो ।

आइतबार चारै सभापतिलाई निर्वाचित घोषणा गरिएको र उनीहरुले आजै शपथ ग्रहणसमेत गरिसकेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।