
काठमाडौं, ४ फागुन । प्रधानन्यायाधीश प्रकाशमान सिंह रावत, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानन्यायाधीश रावत, मन्त्री गुरुङ र उपाध्यक्ष ज्ञवाली आज अपराह्न अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङलाई अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र महानगर प्रमुख आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।
उनीहरुको स्वास्थ्य स्थितिबारे जानकारी लिएपछि मन्त्री गुरुङले आफूलाई चिकित्सकहरुले दुवै जनाको स्वास्थ्य सामन्यतर्फ उन्मुख भएको जानकारी दिएका सञ्चारकर्मीलाई बताए ।
शनिबार पर्यटन प्रवर्द्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते भएका थिए । उनीहरु दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।









प्रतिक्रिया