१९ असार २०८३, शुक्रबार

यस्तो छ मन्त्री पौडेल र मेयर आचार्यको पछिल्लो स्वास्थ्य अवस्था

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । किर्तिपुर बर्न अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै मन्त्री पौडेल र मेयर आचार्यको अवस्था हिजोभन्दा आज सुधारोन्मुख रहेको जानकारी गराएको हो ।

उनीहरुको घाउको आवस्थाको बारेमा आज ड्रेसिङ भएपछि अद्यावधिक गरिने र हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको पनि अस्पताले जनाएको छ ।

मन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार आयोजित पर्यटन वर्ष उद्घाटन समारोहमा भएको घटनामा परी आगो लागेर घाइते भएका थिए ।