
काठमाडौं, ४ फागुन । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने बताएका छन् ।
१२औं नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघअन्तरर्गत फर्म टी–२० क्रिकेट टूर्नामेन्टको अवसरमा बोल्दै उनले समाजमा भिज्नको लागि पनि पढाईसँगै खेलहरुको महत्वपूर्ण भूमिका रहने बताएका हुन् ।
उनले भने, ‘विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ । आफ्नो जीवनलाई खेलकुदसँग पनि जोड्नुपर्छ । विद्यार्थीहरुले समाजमा भिज्नको लागि पनि पढाईसँगै खेलको पनि महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थी जिवनमा आफ्नो व्यक्तित्व स्थापना गर्नका लागि हरेक किसिमका खेलहरुमा सहभागी जनाउनुपर्छ ।’ साथै, उनले नेपालमा अहिले क्रिकेट क्रेज बढ्दै गएको बताए । उनले क्रिकेटलाई अगाडि बढाउने क्रममा यस्ता टूर्नामेन्ट प्रतियोगिताहरुले पनि धेरै महत्वपूर्ण भूमिका खेल्ने बताए ।












प्रतिक्रिया