
कठमाडौं, ४ फागुन । प्रेस चौतारी नेपाल बारा र रुकुम पूर्वको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपाल बाराको छैठौ अधिवेशनबाट थानेश्वर सापकोटाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । जिल्ला कमिटीको उपाध्यक्षमा जिउतप्रसाद यादव र निलिसा बर्मा निर्वाचित भएका छन् ।
यसैगरी, सचिवमा श्याम गुप्ता, सहसचिवमा धिरेन्द्र तिवारी र बुधन चौधरी निर्वाचित भएका छन् । कोषाध्यक्षमा प्रह्लाद तिमिल्सिना चुनिएका छन् । सदस्यहरूमा तुलसा घिमिरे, विपिन अधिकारी, मनोज उपाध्याय, मनोज साह, भवानी सुवेदी, प्रवेश चौधरी, रोशन गुप्ता, अनिलप्रित चौधरी, विशाल तिमिल्सिना, अजित कोइराला, सुशीला रेग्मी, भोला पौडेल, इन्दिरा चौधरी र आदित्य मिश्र निर्वाचित भएका छन् ।
केन्द्रीय प्रतिनिधिहरूमा गोकुल घोरसाइने, रमेश सुवेदी, इन्दीप कोइराला र निलिसा बर्मा निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिहरूमा दिवाकर भण्डारी, राधेश्याम पटेल, शम्भुप्रसाद महतो र तुलसा घिमिरे निर्वाचित भएका छन् ।
यसैगरी, प्रेस चौतारी नेपाल रुकुम पूर्वको अध्यक्षमा राजन गौतम निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा हिमशिखर शाह र शारदा सुनार निर्वाचित भएका छन् ।

यसैगरी, सचिवमा सौगात गौतम, सहसचिवमा सुशील गौतम र प्रतिष्णा राजभण्डारी तथा कोषाध्यक्षमा कमल खड्का निर्वाचित भएका छन् । सदस्यहरूमा रुपन खड्का, शशिका घर्ती र अनुपमा आचार्य निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा महेश केसी, सोनालिजा गौतम र प्रदेश प्रतिनिधिमा माधव केसी र गरिमा गिरी चुनिएका छन् ।








प्रतिक्रिया