२१ जेष्ठ २०८३, बिहिबार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी व्यवस्थाको आवश्यक्तासम्बन्धी प्रतिवेदन, २०८१’ समाभा प्रस्तुत गर्नेछिन् ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० र ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गर्नेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्ताव गर्नेछिन् ।

यसैगरी, उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नवीकरणीय उर्जा तथा उर्जा दक्षतासबन्धी विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षतासबन्धी विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।