१६ असार २०८३, मंगलबार

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि क्यानले माग्यो आवेदन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो । आगामी १६ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ ।

मुख्य प्रशिक्षकका लागि कम्तिमा ईसिबी वा सिएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, कम्तिमा ५ वर्ष व्यवसायीक रुपमा प्रशिक्षणको अनुभव हुनुपर्ने, क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडिआई साईकलबारे जानकार हुनुपर्ने क्यानले जनाएको छ ।