३० जेष्ठ २०८३, शनिबार

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यवस्था बुझ्न गृहमन्त्री पुगे बर्न अस्पताल

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पोखराका मेयर धनराज आचार्यको स्वास्थ्यवस्था बुझ्न गृहमन्त्री रमेश लेखक कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किँदा आगोको लप्काले जलेर उनीहरू घाइते भएका थिए ।

अर्थमन्त्री पौडेलका साथै पोखरा महानगर प्रमुख आचार्यको उपचार भइरहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । घाइतेको अवस्था बुझ्दै उनले आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सतर्कता अपनाउनुपर्ने बताए ।