
काठमाडौं, ३ फागुन । लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशनको नवौं बैठक आइतबार बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जनाएको हो । प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनिमय ३ बमोजिम सभामुख तुलाराम घर्तीको निर्देशनानुसार बैठक बस्न लागेको सूचनामा उल्लेख छ । प्रदेश सभाको आठौं बैठक माघ २३ गते बसेको थियो ।
लुम्बिनी प्रदेश सभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीको ओलीको सम्बोधनपूर्व प्रदेश सभाको बैठक बस्न लागेको हो ।
आइतबारको बैठकको सम्भावित कार्यसूची आइतबार बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकबाट टुंगो लाग्ने बताइएको छ ।








प्रतिक्रिया