२० असार २०८३, शनिबार

डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत फेला

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, ३ फागुन । डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् । अमरगढी नगरपालिका–२ भेल निवासी ५८ वर्षीय जोशी वडा नम्बर २ कै कुस्मालीमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार जोशी बिहीबार बिहानदेखि बेपत्ता भएका थिए । जोशीको खोजीका लागि डडेल्धुरा प्रहरीका विभिन्न युनिटसँगै अन्य जिल्ला र प्रदेश प्रहरीलाई हुलिया परिपत्र गरिएको थियो ।

शनिबार दिउँसो जोशी मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी डडेल्धुरा सदरमुकामबाटै सम्पर्कविहीन भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।