३१ असार २०८३, बुधबार

सबै राजनीतिक दलसँगको सहमतिमा अध्यादेश पारित हुन्छ : महासचिव पोखरेल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सबै राजनीतिक दलसँगको सहमतिमा अध्यादेश पारित गरिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबै संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलको सहयोगमा हालै जारी भएका अध्यादेश पारित हुने विश्वास उनले व्यक्त गरे ।

सदनको बैठक नभएकाले बाध्यात्मक परिस्थितिमा अध्यादेश जारी गर्नुपरेको स्पष्ट गर्दै महासचिव पोखरेलले देशको अर्थतन्त्रमा उत्पन्न समस्या समाधानका साथै अन्य राष्ट्रिय विषयलाई सम्बोधन गर्न अध्यादेश जारी गरिएको उनको कथन थियो ।

सरकारले हालै सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश जारी गरेको हो ।