३० असार २०८३, मंगलबार

प्रेस चौतारी नेपाल महोत्तरीको अध्यक्षमा महतो सर्वसम्मत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ३ फागुन । प्रेस चौतारी नेपाल महोत्तरीको अध्यक्षमा रामनारायण महतो सर्वसम्मत निर्वाचित भएका छन् ।

आज भएको दोस्रो अधिवेशनबाट महतोको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन भएको हो । जिल्ला कमिटीको उपाध्यक्षमा रुपेश यादव, महिला उपाध्यक्षमा रिता लामा, सचिवमा अमृत महतो, सहसचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रामबाबु यादव निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा रामेश्वर ठाकुर, सुनिता कुशवाहा, भुमिका उपाध्याय र रोशनकुमार महतोलाई सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित सचिव अमृत महतोले जानकारी दिए ।