
काठमाडौं, ३ फागुन । नेकपा (एमाले) निकट निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन भएकी छिन् ।
काठमाडौं जारी महाधिवेशनबाट दाहाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् ।
अध्यक्ष पदमा दाहाल र रेवन्त गौतमले दाबी गरेका थिए । लामो समयको छलफल पछि दाहाल अध्यक्षमा चुनिन सफल भएकी हुन् ।
अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाललाई अध्यक्ष र गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन् ।
शपथ ग्रहणको कार्यक्रम आइतबार राखिएको छ ।








प्रतिक्रिया