२१ जेष्ठ २०८३, बिहिबार

उपप्रधानमन्त्री पौडेल कीर्तिपुर अस्पताल भर्ना

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना भएका छन् ।

अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

शनिबार रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका थिए ।

मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको जनाइएको छ ।

महानगर प्रमुख आचार्यको अनुहार तथा गालामा क्षति पुगेको छ । प्रमुख आचार्यलाई पनि थप उपचारको लागि काठमाडौ ल्याइएको छ ।