७ असार २०८३, आइतबार

उपप्रधानमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगियो

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेललाई थप उपचारका लागि हेलिकप्टारमार्फत् काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको हो ।

घोषणा समारोहमा बेलुन पड्किँदा उनी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगै घाइते भएका थिए । घाइते आचार्यको अनुहारमा पनि आगोले पोलिएर घाउ भएको छ ।