२१ जेष्ठ २०८३, बिहिबार

एमाले प्यूठानद्वारा कांग्रेसको प्रेस विज्ञप्तिको खण्डन

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, ३ फागुन । नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले नेपाली कांग्रेस प्यूठानले प्रतिनिधि सभा सदस्य सूर्य थापाकाविरुद्ध जारी गरेको प्रेस विज्ञप्तिको खण्डन गरेको छ । फागुन २ गते कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले विज्ञप्ति जारी गर्दै सांसद थापाले विभिन्न समयमा गलत अभिव्यक्ति दिएको आरोप लगाएका थिए ।

गिरीको विज्ञप्तिको खण्डन गर्दै एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले कांग्रेसले आम जनमानसमा भ्रम सिर्जना गर्नेगरी विज्ञप्ति जारी गरेको बताए । उनले कांग्रेसले राजनीतिक संस्कार नदेखाएको टिप्पणी गरेका छन् ।

‘यहि मिति २०८१ साल फागुन २ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्यूठानका सभापतिको तर्फबाट प्रकाशित/सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमाथि हाम्रो पार्टी नेकपा (एमाले) प्यूठानको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्तीमा प्यूठान जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सूर्य थापामाथि निराधार एवं कपोकल्पित आरोप लगाउने कुरा गैरराजनीतिक र अमर्यादित समेत छ । खासगरी उक्त विज्ञप्तीमा उठाइएका ३ वटा विषयहरु र ती विषयलाई आम जनमानसमा भ्रम उत्पन्न गर्ने ढंगले प्रस्तुत गरिएको प्रति हाम्रो घोर आपत्ति छ ।’ विष्ट विष्टले भनेका छन्, ‘जिल्ला समन्वय समिति प्यूठानमा राखिएको अन्तरक्रिया कार्यक्रममा माननीय सूर्य थापा प्रमुख अतिथीको रुपमा आमन्त्रित भई कार्यक्रम स्थलमा पुग्दा समानुपातिक सांसद धनलक्ष्मी श्रेष्ठलाई प्रमुख अतिथिको रुपमा माइन्युटमा उपस्थिती गराइएको र सो माइन्युट पुनः लेखिएको विषयलाई राज्यको मर्यादाक्रम नबुझेजस्तो गरी माइन्युट च्यातेको वा च्यात्न लगाइएको जस्तो भ्रम उत्पन्न हुने गरि विज्ञप्ती मार्फत सम्प्रेषण गर्न खोज्नु नितान्त अनुचित र अनैतिक छ । यसैगरी टेलिफोन टावर उ‌द्घाटनको विषयमा प्रतिनिधि सभा सदस्यको अपमान हुने गरी प्रदेश सभा समानुपातिक सदस्यकै मर्यादाक्रममा राख्न खोज्ने प्रवृत्तिलाई सच्चाइएको विषयलाई अन्यथा लिनु घोर आपत्तिजनक रहेको छ । साथै सार्वजनिक मन्तव्यको क्रममा अभिव्यक्त केही शब्दावलीहरुलाई विज्ञप्ती मार्फत विरोध गर्ने प्रवृत्ति नितान्त राजनीतिक संस्कारविहिन रहेको तथ्य स्पष्ट गर्दछौँ ।’

एमाले प्यूठानले कांग्रेसको गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ ।