
काठमाडौं, ३ फागुन । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ ।
गृहमन्त्री रमेश लेखकका अनुसार आगामी माघ ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा सबै दलहरुको सहमतिमा अध्यादेश पारित गरिने भएको हो । ‘हामीले सबै दलहरुसँग विस्तृत छलफल गरेका छौँ र सकारात्मक निष्कर्षमा पुगेका छौँ,’ गृहमन्त्री लेखकले भने ।

भूमिसम्बन्धी अध्यादेशको विषयमा पनि सर्वदलीय छलफल र सहमतिको आधारमा अघि बढ्ने गृहमन्त्री लेखकले बताए ।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर स्वयं उपस्थित थिए भने जनता समाजवादी पार्टी (जसपा) नेपालसँग पनि छलफल भई सहमति जुटेको गृहमन्त्री लेखकले बताए ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागि थिए ।









प्रतिक्रिया