
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्न आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् ।
प्रधानमन्त्री ओली नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच हुन लागेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न रंगशाला जाने भएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली दिउँसो २ बजे मैत्रीपूर्ण फुटबल खेल हेर्न रंगशाला जाने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया