२७ असार २०८३, शनिबार

पूर्वमिस युनिभर्स जेनी बोहराको निधन

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । पूर्वमिस युनिभर्स जेनी चाँदनी बोहराको निधन भएको छ ।

मिस युनिभर्स–२०२३ विजेता बोहराको ४४ वर्षको उमेरमा हृदयघातबाट निधन भएको हो । जेनी पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहरा र महिला गीतकार संघका संस्थापक अध्यक्ष वरिष्ठ गीतकार उन्नती बोहरा ‘शीला’की सुपुत्री हुन् ।

जेनीको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  अमेरिकन नागरिकसँग बिहे गरेकी जेनीका दुई छोरी र एक छोरा छन् । उनको आज (शनिबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।