
मकवानपुर, ३ फागुन । मकवानपुरको बागमती गाँउपालिकामा आजबाट सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
झुरझुरेस्थित सहिद स्मृति रंगशालामा आज हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलको बागमती युथ क्लब सर्लाही र बागमती गाउँपालिका खेलकुद विकास समिति भिड्ने छन् ।
प्रतियोगितामा ए डिभिजनको डिफेन्डिङ च्याम्पियन मछिन्द्रसहित संकटा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब र चर्च व्वाई क्लबको सहभागिता रहने छ भने आयोजकसहित मोफसलको थप तीन क्लबहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेता टोलिले नगद १० लाख, उपविजेताले नगद ५ लाखसहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद २५ हजारको दरले नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्नको लागि आओजकले ७३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । यो खर्च व्यवस्थापनको लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाँकी रकम आयोजक समितिले व्यवस्थापन गर्नेछ ।








प्रतिक्रिया