१० असार २०८३, बुधबार

वेवारिसे र चेपुवामा छन् राणाकालीन शालिकहरु (तस्वीरहरु)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । काठमाडौंको टुँडिखेलको चारै दिशा एवम् विभिन्न स्थानमा रहेका राणाकालीन समय स्मरण गराउने प्रधानमन्त्रीका शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । शालिक छेउछाउ भौतिक संरचनाहरुको निर्माणले चेपुवामा समेत परेका छन् । कलात्मक रुपमा निर्माण गरिएका यी शालिकहरु राणाकालीन समयलाई सम्झने एउटा माध्यम हुन् । तर संरक्षणका लागि राज्यको ध्यान पुग्न नसक्दा अहिले पनि शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणादेखि रणोद्विप राणा, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर हुँदै कमाण्डर इन चिफ धीर शमशेरसम्मका शालिक संरक्षणविहीन भएका हुन् ।