
पोखरा, ३ फागुन । पोखराको पृथ्वीचोकबाट अवैध लागूऔषधसहित तीन युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले शुक्रबार दिउँसो तीन बजेको समयमा पृथ्वीचोकबाट अवैध लागूऔषधसहित तीन युवा पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तहरुमा पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने वर्ष २१ को रोहित तमाङ, महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ८ बुद्धचोक स्थायी ठेगाना भई हाल पोखराको पृथ्वीचोक बस्ने वर्ष २१ को मदन अधिकारी र स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. ०२ स्थायी ठेगाना भई हाल पोखराको पृथ्वीचोक बस्ने वर्ष ३५ को नबिन खत्री रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट लागूऔषध डाईजापाम–२८ एम्पुल, फेनरागन–२८ एम्पुल, बुर्फिनर्फिन–२८ एम्पुल गरी जम्मा ८४ एम्पुल र मोबाइल ३ थानसमेत बरामद भएको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया