२४ जेष्ठ २०८३, आइतबार

आज ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा हुँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३ फागुन । ‘पोखरा भ्रमण वर्ष–२०२५’को घोषणा आज (शनिबार) हुँदैछ ।

पोखरा रंगशालामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा पोखरा भ्रमण वर्ष २०२५ घोषणा हुन लागेको पोखरा महानगरपालिकाले जनाएको छ । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको उपस्थितिमा पोखरा भ्रमण वर्षको घोषणा हुन लागेको हो ।

भ्रमण वर्ष घोषणाअघि पोखरा रंगशाला अगाडि झाँकी र्‍याली निकालिने छ ।

गतवर्ष ४ चैतमा पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरले भ्रमण वर्ष–२०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।